शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नवपुरको दीक्षान्त समारोह सम्पन्न (भिडियो)


  • आइतबार, बैशाख १५ २०७६
34.4K
SHARES

१५ बैशाख । काठमाडौँ ।
पिक प्वाइन्ट एजुकेशन नेटवर्कद्धारा सञ्चालित नवपुर चिल्ड्रेन होमले युकेजीबाट कक्षा १ मा उतिर्ण भएका विद्यार्थीहरुलाई दीक्षित गरेको छ ।


बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेल स्थित स्कुलकै प्रांगणमा दीक्षान्त समारोह कार्यक्रम गर्दै विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।


कार्यक्रममा पिक प्वाइन्ट एजुकेशन नेटवर्कका अध्यक्ष एवं पिक प्वाइन्ट एकेडेमीका प्रिन्सिपल विनय श्रेष्ठ, प्वाइन्ट एकेडेमीका भाईस–प्रिन्सिपल महेश केसी, नवपुर चिल्ड्रेन होम (एनसिएच) का प्रिन्सिपल इश्वर केसी, संस्थापक सदस्य थमिन्द्र खतिवडा, अभिभवाक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा नवपुर चिल्ड्रेन र पिक प्वाइन्टका विद्यार्थीहरुलाई दिक्षित प्रमाण–पत्र र दीक्षान्त टोपी लगाई दीक्षित गरिएको थियो ।


पिक प्वाइन्ट र नवपुर चिल्ड्रेन होमका विद्यार्थीहरुले उक्त कार्यक्रममा विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । जसबाट अभिभावकहरुमा थप रौनकता थपिएको थियो ।


उक्त अवसरमा विभिन्न विधा अन्तर्गत शिक्षकलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रमका सभापती एवं पिक प्वाइन्ट एजुकेशन नेटवर्कका अध्यक्ष विनय श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई बधाई दिँदै समय सापेक्ष, व्यबहारिक शिक्षा दिन पिक प्वाइन्ट एजुकेशन नेटवर्क सधै प्रतिवद्ध रहने बताउनु भएको थियो ।


कार्यक्रम बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म चलेको थियो ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले पिक प्वाइन्ट एजुकेशन नेटवर्कका संस्थापक सदस्य थमिन्द्र खतिवडासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा