शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बम पड्काएर जपरिवर्तन आउँछ भन्नु ठूलो भ्रमः अध्यक्ष दाहाल


  • आइतबार, बैशाख ८ २०७६
24K
SHARES

फाईल तस्बिर

भरतपुर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु ठूलो भ्रम भएको बताएका छन् ।
नेत्रविक्रम चन्द विप्लवलाई वार्ता, सम्वादमा आउन आग्रह गर्दै दाहालले घटना घटाएर परिवर्तन हुन्छ भन्नु भ्रम मात्रै हुने बताए । चितवन भरतपुरमा रहेको कैलाशनगर माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै दाहालले देशमा कम्युनिस्टलाई जनताले दुई तिहाइ मत दिएको र कम्युनिस्टकै सरकार रहेकोले विप्लवलाई वार्तामा आउने आग्रह गरे ।

अहिले हामी ०५२ सालमा नभएर ७६ सालमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको संविधान निर्माण प्रकृयामा भएका लोकतान्त्रिक विधि र प्रयोग शान्तिपूर्ण पारदर्शी भएकाले एउटा रिकर्ड बनेको बताए । कार्यक्रममा सहभागी संघीय सांसद तथा स्थानीय राजनीतिक व्यक्तिहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा