शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बुटवलमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाइयो


  • शनिबार, बैशाख ७ २०७६
30.9K
SHARES

७ वैशाख, बुटवल ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटबलमा कालो झण्डा देखाइएको छ।

बुटवलमा आयोजित बुटवल जितगढी उत्सव समारोहमा सहभागी हुनपुगेका प्रधानमन्त्रीलाई एक युवाले कालो झण्डा देखाउँदै नाराबाजी गरेका हुन्।

ब्यापक रूपमा नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीसँगै नगर प्रहरी तथा स्वंयसेवकहरू परिचालन गरिएको कार्यक्रममा प्रधानमन्त्री बोल्न सुरू गर्नासाथ नाराबाजी सुरू गरेका थिए ।

बुटवल उपमहानगरपालिका वडा नं ११ मजुवामा बस्दै आएका रुद्रप्रसाद घिमिरेले राष्ट्रियता जिन्दावाद, मेरो देश प्राणभन्दा प्यारो छ , उजिर सिंह जिन्दावाद भन्दै आवेगमा कालोझण्डा प्रदर्शन गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा