शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु


  • शनिबार, बैशाख ७ २०७६
22.9K
SHARES

७ वैशाख, भरतपुर ।

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नम्बरको मोटरसाइकल करिब १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा रोकिराखेको ना ६ ख १७७५ नम्बरको ट्रकमा ठक्कर खाँदा कालिका नगरपालिका–४ पदमपुर बस्ने ३० वर्षीय रामजी महतोको मृत्यु भएको छ।

मोटरसाइकल पछाडि सवार महतो दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय कृष्णनाथ महतो गम्भीर घाइते छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै शुक्रबार राति नै राप्ती नगरपालिका–१ पिप्लेमा ना १९ प ९९३२ नम्बर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर काँकडा–५ का २७ वर्षीय गोपिलाल स्याङतानको मृत्यु भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा