शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भिमेश्वरको ‘१३औँ वार्षिकोत्सव, दीक्षान्त समारोह तथा नागरिक सम्मान कार्यक्रम’ भोली हुँदै


  • शुक्रबार, चैत्र २२ २०७५
38.1K
SHARES

२२ चैत्र, काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारीमा रहेको भिमेश्वर एकेडेमीले ‘१३औँ वार्षिकोत्सव, दीक्षान्त समारोह तथा नागरिक सम्मान कार्यक्रम’ शनिबार (भोली) गर्ने भएको छ ।
स्कुलको प्रांगणमा विद्यार्थी तथा अभिभावकहरुको उल्लेख्य उपस्थितिमा उक्त वार्षिकोत्सव, दीक्षान्त समारोह तथा नागरिक सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा गरिने उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, विभिन्न स्कूलका प्रिन्सिपल, राष्ट्रिय कलाकार, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहने प्रिन्सिपल अमृत खड्काले बताए ।
उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गर्नेछन् भने विभिन्न राष्ट्रिय कलाकारको पनि विशेष प्रस्तुतीहरु रहने बताइएको छ ।
कार्यक्रम विहान ११ बजेदेखि सुरु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा