शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जुगलको साँस्कृतिक तथा अवार्ड वितरण कार्यक्रम आज सम्पन्न (भिडियो)


  • बुधबार, चैत्र २० २०७५
35.5K
SHARES

२० चैत्र, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको जुगल इङिलस मिडियम स्कुलले साँस्कृतिक तथा अवार्ड वितरण कार्यक्रम बुधबार (आज) सम्पन्न गरेको छ ।


स्कुलको प्रांगणमा विद्यार्थी तथा अभिभावकहरुको भव्य उपस्थितिमा साँस्कृतिक तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको हो ।


त्रि.वि. का उप–प्राध्यपक डा. कमल गौतमको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा समाजसेवी निर्मल घिमिरे, कलाकार फुलनदेकी आमा उर्फ उमेश राई, स्कुल व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि एवं उप–प्राध्यपक गौतम र कार्यक्रमका सभापति डि.पि. आचार्यले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


कार्यक्रममा खेलकुद सप्ताह.तथा अन्य विविध कार्यक्रमहरुमा विजेता भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।


यस्तै नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुलाई मेडल तथा प्रमाण–पत्रद्धारा सम्मान गरिएको थियो ।


जुगलमा अध्ययरनत विद्यार्थीहरुले उक्त अवसरमा विभिन्न गीतमा नृत्य, गायन एवं अन्य कलात्मक प्रस्तुती दिएका थिए ।


कार्यक्रममा अतिथि कलाकार फुलनदेकी आमा उर्फ उमेश राईको विशेष प्रस्तुति रहेको थियो । जसबाट अभिभावक तथा विद्यार्थीहरुमा थप रौनकता वाडिएको थियो ।


कार्यक्रममा बोल्दै प्रिन्सिपल विवेक विनयीले जुगलले वर्षभरी एक दर्जन भन्दा बढी भव्य विविधि कार्यक्रम गरेर सम्पुर्ण विद्यार्थीहरुको समग्र विकासका लागि जोड दिएको बताएका थिए । यस्तै विद्यार्थीहरुको संस्कार, सिप र स्वास्थ्यमा केन्द्रित गर्दै एक अब्बल विद्यार्थी निर्माण गर्दै राष्ट्रको सेवा गर्ने उद्देश्यमा जुगल लागेको प्रिन्सिपल विनयी भन्छन् ।


कार्यक्रम दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले जुगल इङिलस मिडियम स्कुलका भाईस–प्रिन्सिपल भबेश सापकोटासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा