शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

‘जिबिएचएस साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप’ आज सम्पन्न (फोटोफिचर)


  • मंगलबार, चैत्र १९ २०७५
42.7K
SHARES

१९ चैत्र, काठमाडौँ ।
कपन मार्ग, बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुल (जिबिएचएस) ले आयोजना गरेको ‘जिबिएचएस कप साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप–२०१९’ मंगलबार (आज) सम्पन्न भएको छ ।


विजयी खेलाडीहरुलाई पुरस्कृत गर्दै ‘जिबिएचएस कप साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप–२०१९’ सम्पन्न गरिएको हो ।


पूर्व कानुनमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा गुह्येश्वरीका डाइरेक्टर डिआर लामिछाने, प्रिन्सिपल रविन गुरुङ, विभिन्न देशबाट आएका गोजुरियो कराँते खेलाडी तथा प्रतिनिधि एवं कराँतेसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


दुई दिनसम्म चलेको उक्त प्रतियोगिताबाट विजयी खेलाडीहरुलाई मंगलबार ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।


उक्त कार्यक्रममा गुह्येश्वरीमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पूर्व कानुनमन्त्री तामाङले विजयी खेलाडीहरुलाई बधाई दिँदै नेपालमा यि र यस्ता प्रतियोगिता आवश्यक रहेको जोड दिएका थिए ।


प्रतियोगितामा दक्षिण एशियाली राष्ट्रहरु नेपालसंगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता रहेको थियो ।


देशभरिबाट ४ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको थियो भने १०० भन्दा बढी बिदेशी खेलाडीको आगमन रहेको थियो ।
प्रतियोगितालाई सानु बाबु गिरिले संयोजन गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा