
काठमाडौं :
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन् ।
शनिबारको दोस्रो खेलमा दिल्ली क्याापिटलले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । दिल्लीले यसअघिका दुई खेलमध्ये एक जित र अर्को हार ब्यहोरेको छ ।
दिल्लीले तेस्रो खेल फिरोज कोट्ला स्टेडियममा खेल्दै छ। सुरुवाती दुई खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीपले आज मौका पाएका हुन् । दिल्लीले टस जितर फिल्ड राेजेको छ ।
पहिलो खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने दिल्ली चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भयो।
दोस्रो खेलमा एक सय ४८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ४ विकेटको क्षतिमा एक सय ५० रन जोड्दै लक्ष्य भेट्टाएको थियो।
गतसाल सन्दीपले पछिल्ला ३ खेलमा मात्रै खेल्ने अवसर पाएका थिए। सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२ औं संस्करण हो। सन्दीप आईपीएलमा सहभागी पहिलो नेपाली क्रिकेटर हुन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।