शनिबार, साउन ९ २०८३
ताजा अपडेट

निर्वाचन आयोगविरुद्ध विवेकशील नेपाली सर्वोच्चमा


  • बुधबार, चैत्र १३ २०७५
25.9K
SHARES

१३ चैत, काठमाडौं ।
विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । आवश्यक विधि प्रक्रिया पूरा गर्दासमेत दल दर्ता गर्न अस्वीकार गरेको भन्दै विवेकशील नेपाली सर्वोच्च पुगेको हो ।

विवेकशील साझा पार्टीबाट फुटेपछि विवेकशील नेपालीले दल दर्ताका लागि गत पुस २७ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, आयोगले फागुन २८ गते दल दर्ता हुन नसक्ने निर्णय गरेको थियो । विभाजनका लागि आवश्यक संख्या नपुगेको भन्दै आयोगले नयाँ दल दर्ता हुन नसक्ने बताएको छ ।

विवेकशील नेपालीले भने सबै प्रक्रिया पुगेको भन्दै आयोगको निर्णय अन्यायपूर्ण र कानून विपरीत भएकोले निर्णय सच्याउन सर्वोच्चमा रिट हालेको बताएको छ ।

एकीकृत पार्टीमा जम्मा ३७ केन्द्रीय सदस्य रहेको र त्यसमध्ये १६ जना ९४० प्रतिशत बढी० विवेकशीलमा रहेको दावीसहित विवेकशील नेपाली निर्वाचन आयोगमा पुगेको थियो । आयोगले भने एकीकृत पार्टीको संख्या ३७ नभएको दावी गर्दै दल विभाजनका लागि संख्या नपुगेको तर्क गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा