
इन्डियन प्रिमियर लिग (इपिएल) मा सोमबार राती जयपुरको सवाइ रंगशालामा किंग्स ११ पन्जाब र राजस्थान रोयल्सबीच खेल भइरहेको थियो । किंग्स ११ पन्जाबले पहिले ब्याटिङ गर्ने मौका पायो भने घरेलु टोली राजस्थानले बलिङ सुरु गर्यो ।
१४ औं ओभरको खेल चलिरहेको बेला स्पिकरमा कसैले नारा लगायो, ‘जितेगा भइ जितेगा १’ त्यसपछि भीडले नारा लगायो, ‘राजस्थान जितेगा १’ यो नारा केहीबेरसम्म चल्यो । खेल १८ औं ओभरमा पुगेपछि नारा बद्लियो ।
१८ औं ओभरको पहिलो बलमा रंगशालमा ‘मोदी–मोदी’ नारा लाग्यो । त्यसपछि यसको जवाफमा अर्को नारा लाग्यो, ‘चौकीदार चोर है, चौकीदार चोर है ।’ चौकीदार चोर है’ नारा लगाउँदाको करिब २४ सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।