शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सन्दीपलाई नखेलाउनु दिल्लीको गल्ती ?, यसो भन्छन् क्रिकेट विश्लेषक


  • बुधबार, चैत्र १३ २०७५
23.6K
SHARES

इन्डियन प्रिमियर लिग (इपिएल) मा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग पराजय भोग्नु परेको छ । दिल्लीको पराजयका विभिन्न कारणमध्ये नेपाली लेगस्पिनर सन्दीप लामिछानलेलाई टिममा समावेश नगराउनु पनि हो त ? क्रिकेट विश्लेषक ब्राड हज दिप दासगुप्तासँग इएसपिएन क्रिकइन्फोले छलफल गरेको छ । सन्दीप लामिछानेलाई टिममा समावेश नगरेर दिल्लीले कमजोरी गरेको हो त ? भन्ने कार्यक्रम सञ्चालकको प्रश्नमा हजको जवाफ छ, ‘दिल्लीको मैदानमा सन्दीपले खेल जिताउन सक्थे ।’ अमित मिश्रासँगै सन्दीपलाई पनि मौका दिइएको भए चेन्नाइका ब्याट्सम्यानलाई समस्या पर्ने उनको विश्लेषण छ । उनले सन्दीपलाई टिममा समावेश नगरेकोमा आफू आश्चर्यमा परेको बताए ।

दिपदास गुप्ताले पनि दिल्लीको मैदानमा सन्दीपले राम्रो प्रदर्शन गर्न सक्ने बताए । ‘यहाँ बल राम्रो टर्न हुन्छ, जडेजालेसमेत बल राम्रो टर्न गराए भने सन्दीपले पक्कै राम्रो गर्ने थिए,’ उनले भने ।

सन्दीपले गत सिजनमा पनि आइपिएलमा अन्तिमका केही खेलमात्र खेल्ने अवसर पाएका थिए । त्यसपछि वर्षैभरी उनी विभिन्न लिगमा व्यस्त भए । क्यारेबियन प्रिमियर लिग, क्यानडा प्रिमियर लिग, अष्ट्रेलियाको विगबास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, टी१० लिग लगायतका लिगमा उनले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखे । तर, दिल्लीले यसपटक पनि उनलाई किन मैदानमा उतारिरहेको छैन त ?

प्रस्तोतको प्रश्नमा हजको जवाफ छ, ‘थाहा छैन, उनले राम्रो गरेका छन् तर अवसर पाएका छैनन् । थाहा छैन, टिमको नेतृत्वले के सोचिरहेको छ ।’

यो सिजनमा दिल्लीले दुई खेल खेल्दासम्म सन्दीप बेञ्चमा नै छन् । पहिलो खेलमा मुम्बइविरुद्ध जित हात पारेको दिल्ली मंगलबारको आफ्नो दोस्रो खेलमा घरेलु मैदानमा नै चेन्नई सुपर किंग्ससँग पराजित भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा