शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अपेन बुढानिलकण्ठर्को ‘प्रि–स्कूल किडएथ्लोन’ सम्पन्न (फोटोफिचर)


  • आइतबार, चैत्र ३ २०७५
40.3K
SHARES

काठमाडौँ ।
एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर नेपाल (अपेन) बुढानिलकण्ठको आयोजनार्मा ‘प्रि–स्कूल किडएथ्लोन’ सम्पन्न भएको छ ।


फागुन १४ गते मंगलबार बालुवाखानीमा रहेको श्रेष्ठ फुटसलमा विजयी विद्यार्थीलाई पुरस्कृत गर्दै किडएथ्लोन सम्पन्न भएको हो ।


अपेनका अध्यक्ष बद्री प्रसाद दाहालको प्रमुख आतिथ्थतामा गरिएको उक्त पुरस्कार वितरण तथा समापन कार्यक्रममा अपेन केन्द्रिय सदस्य कृष्ण बोहरा, अपेन केन्द्रिय सदस्य कमला ढकाल अधिकारी, अपेन बुढानिलकण्ठमा आवद्ध प्रि–स्कूलका प्रिन्सिपलको उपस्थिति रहेको थियो ।


२ दिनसम्म चलेको उक्त प्रि–स्कूल किडएथ्लोनमा विभन्न १३ प्रि–स्कुलको सहभागिता रहेको थियो ।


किडएथ्लोनमा फुट्सल, ह्याण्डबल, रिले रेस, म्युजिकल चेअर, पार्टनर रेस विथ बलुन, इटिङ रेस, अफ्सट्याकल रेस लगायत विभिन्न १० खेलमा प्रतियोगिता भएको बताईएको छ । जसबाट विजयी विद्यार्थीहरुलाई मंगलबार पुरस्कृत गरिएको थियो । ट्रफी मेडल र प्रमाण–पत्रद्धारा विजयी विद्यार्थी तथा स्कूललाई पुरस्कृत गरिएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं अपेनका अध्यक्ष दाहालले विजयी विद्यार्थी तथा स्कूललाई बधाई दिँदै विद्यार्थीहरुको अन्तरनिहित क्षमताको अभिबृद्धिका लागि यि र यस्ता प्रतियोगिता आववश्यक रहेको बताएका थिए ।

प्रतियोगितालाई अपेन बुढानिलकण्ठका सचिव विनोद थापाले संयोजन गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा