
काठमाडौँ ।
काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ ।
जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।
बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।