
२७ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन २५ गते शनिबार स्कुलको प्रांगणमा शिक्षक तथा अभिभावकको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

बिहान ७ बजेदेखी १० बजेसम्म चलेको उक्त अभिमुखीकरण कार्यक्रमलाई दुई चरणमा विभाजन गरि सञ्चालन गरिएको थियो । पहिलो चरण अन्तरर्गत उत्तम दाहालले शिक्षक, अभिभावकलाई आजको शिक्षा कस्तो हुनुपर्छ ? भन्ने विषयमा जानकारी प्रदान गरेका थिए ।

यस्तै दोश्रो चरण अन्तर्गतको कार्यक्रममा पायोनियरमा सिटिएफको कार्यक्रम लागु गरेसंगै त्यसको महत्व बारे सिटिएफकी प्रशिक्षक रेखा हमाल शाहीले प्रकाश पारेकी थिइन् । कसरी नेतृत्वको विकास गर्ने ?, समुहमा कसरी काम गर्ने ? भन्ने विषयमा विभिन्न खेलको माध्ययमबाट शिक्षा प्रदान गरिएको थियो ।

समय सापेक्ष शिक्षा प्रदान गर्न पायोनियर प्रतिवद्ध छ । सोही अनुरुप प्रभावकारी शैक्षिक पद्धतीलाई परिणामुखी बनाउन ‘शिक्षक तथा अभिभावक अभिमुखीकरण’ कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल राजन श्रेष्ठले बताउनु भयो । ०७६ सालको शैक्षिक सत्रलाई थप प्रभावकारी बनाउन विभिन्न संस्थाहरुसंगको सहकार्यलाई अझै जोड्दै जाने श्रेष्ठ बताउनु हुन्छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।