शनिबार, साउन ९ २०८३
ताजा अपडेट

निब्सको ‘१३औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं विशिष्ट नागरिक सम्मान कार्यक्रम’ भोली हुँदै


  • बिहिबार, फाल्गुन २३ २०७५
36.2K
SHARES

२३ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ९, मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल (निब्स) ले आफ्नो ‘१३औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं विशिष्ट नागरिक सम्मान कार्यक्रम’ फागुन २४ गते शुक्रबार (भोली) गर्ने भएको छ ।
राष्ट्रिय सभाकी उपाध्यक्ष माननीय शशिकला दाहालको प्रमुख आतिथ्यतामा गरिने उक्त कार्यक्रममा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु, सञ्चारकर्मी, राष्ट्रिय कलाकार, अभिभावक, विद्यार्थी लगायत विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।
यस वर्ष पनि राष्ट्रिय स्तरका ५ जना विशिष्ट व्यक्तिहरुलाई भोलीको कार्यक्रममा सम्मान गरिने संस्थापक प्रिन्सिपल डि.एन. महत्तोले बताउनु भयो । जसमा गीतकार/रचनाकार कृष्णहरि बराल, कलाकार मिथिला शर्मा, वरिष्ठ पत्रकार किशोर नेपाल, नृत्याङ्गना बन्दना नेपाल, समाजसेवी सीतारामा मेहतालाई सम्मान गर्न लागिएको हो । यस्तै उडिरहेको हेलिकप्टरको १५ हजार फिट उचाईबाट डाइभ गरि नयाँ रेकर्ड कायम गर्न सफल गौतम खातीलाई प्रशंसापत्र प्रदान गरिनेछ ।
बिहान १० बजेदेखी स्कुलका प्रांगणमा सुरु गरिने उक्त कार्यक्रममा निब्समा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन लगायत विभिन्न प्रस्तुतिहरु प्रस्तुत गर्नेछन् ।
यस्तै कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा