शनिबार, साउन ९ २०८३
ताजा अपडेट

फर्किए पाकिस्तानी नियन्त्रणमा रहेका भारतीय वायु सेनाका पाइलट अभिनन्दन


  • शनिबार, फाल्गुन १८ २०७५
28K
SHARES

दुई दिनअघि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमान शुक्रबार साँझ भारत आइपुगेका छन्।

पाकिस्तानी अधिकारीहरूले शुक्रबार राति साढे ९ बजे वगाहा नाकाबाट भारतीय अधिकारीलाई बुझाएका हुन्। यसअघि उनलाई दिउँसो तीन बजे नै भारत पुर्‍याउने भनिए पनि ढिला भएको थियो। ढिलाइ हुनुको कारण खुलाइएको छैन।

भारतीय वायु सेनाले अब अभिनन्दनको मेडिकल परीक्षण गर्ने र त्यसपछि अमृतसरबाट जहाजमा नयाँदिल्ली ल्याउने जनाएको छ।

पाकिस्तानले बुझाएका अभिनन्दनलाई पत्रकारसामू ल्याइएको थिएन।

यसअघि बुधबार अभिनन्दनले चलाएको सैनिक जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको थियो।

त्यसपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेतस्वरूप अभिनन्दनलाई रिहा गरिदिन लागेको बताएका थिए।

अभिनन्दनको भारत फिर्तीसँगै मंगलबारदेखि चुलिएको भारत/पाकिस्तान तनाव मत्थर हुने अपेक्षा गरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा