काठमाडौं – नेकपाका स्थायी समिति सदस्य तथा ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा भएको दुर्घटनका सम्बन्धमा प्रश्न उठाएका छन्। त्यस क्षेत्रमा सानो हेलिकोप्टरमा ५ जना भन्दा बढि यात्रु राख्न नमिल्नेमा बुधबार दुर्घटना भएको हेलिकोप्टरमा ७ जना किन राखियो भन्दै भट्टराईले प्रश्न उठाएका छन्।
बुधबार साझ सामाजिक संजलामा एक लेख्दै नेता भट्टराईले यस्तो प्रश्न उठाएका हुन्।
उनले आफ्नो स्टाटसमा लेखेका छन् ‘भीआइपी उडानमा पाइलट सहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले। तर, आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।