१२ फागुन, काठमाडौँ ।
म्युचुअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) को आयोजना तथा काठमाडौँ विनायक शिक्षालय (के भी एस) र लाइसियम मोडल स्कुलको संयोजनमा ‘माफ अन्तरविद्यालय समाचार वाचन प्रतियोगिता’ सम्पन्न भएको छ ।
बिहिबार चाबहिलमा रहेको जगत मन्दिर सेकेण्डरी स्कुलको हलमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा माफमा आवद्ध १४ विद्यालयहरुको सहभागिता रहेको थियो ।
आफ्नो उत्कृष्ठ समाचार प्रस्तुति दिँदै क्याम्ब्रिज पब्लिक हाई स्कुलकी छात्रा सञ्जिता अधिकारीले ‘दोश्रो माफ अन्तरविद्यालय समाचार वाचन प्रतियोगिता’ को उपाधि पाएकी छिन् ।
लाइसियम मोडल स्कुलकी छात्रा प्रशंसा श्रेष्ठ दोश्रो, के भी एसकी छात्रा सुशिला लामा तेश्रो र ग्लोबल पब्लि स्कुलकी छात्रा ओजिशा बस्नेत सान्त्वना भएकी छिन् ।
बिहिबार नै विजयी विद्यार्थी तथा स्कुललाई ट्रफी प्रदान गरिएको थियो । यस्तै सहभागि हुने सबै विद्यालयहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा एपिवान टेलिभिजनका एडिटर इनचिफ टिकाराम यात्री र सिस्नोपानी नेपालका प्रवक्ता सरोज घिमिरे निर्णायक भुमिकामा रहेका थिए ।
‘माफ अन्तरविद्यालय समाचार वाचन प्रतियोगिता’ सम्पन्न भएसंगै यस वर्षको शैक्षिक सत्रमा माफले आयोजना कार्यक्रमहरु पनि सम्पन्न भएको छ माफका सचिव सम्झना लामाले बताउनु भयो । अब आगामी शैक्षिक सत्रका लागि कति कार्यक्रम तय गर्ने ?, कुन विद्यालयले आयोजना गर्ने ? भन्ने विषयमा चैत्र महिनामा टुंगो लाग्ने बताउनु भयो ।
विद्यार्थीहरुको अन्तरनिहित क्षमताको उजागर गर्न माफले विभिन्न प्रतियोगिताहरु गर्दै आएको छ । आगामी दिनहरुमा विद्यार्थीहरुको सहभागितालाई अझ जोड दिने माफका परिक्षा विभाग प्रमुख राजेन्द्र थपलियाले बताउनु भयो ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले माफका अध्यक्ष राजन आचार्यसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
‘दोश्रो माफ अन्तरविद्यालय समाचार वाचन प्रतियोगिता’ को समापन तथा पुरस्कार वितरण कार्यक्रमका थप तस्विरहरुः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।