काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेको शिशु मिलन इंग्लिस हाई स्कुलले शुक्रबार पुरानो नोट तथा अन्य देशको नोटको प्रदर्शनी गरेको छ ।
शिशु मिलनका पूर्व विद्यार्थी सरोज श्रेष्ठले आयोजना गरेको उक्त प्रदर्शनीमा अध्ययनरत विद्यार्थीहरुले अवलोकन गरेका थिए ।
यस्तै उक्त प्रदर्शनीमा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले समेत अवलोकन गरेका थिए ।
नेपाली पुरानो नोट तथा अन्य देशका नोटलाई विभिन्न फ्रेममा राखि प्रदर्शन गरिएको थियो ।
सोही प्रदर्शनीमा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले शिशु मिलन इंग्लिस हाई स्कुलका पूर्व विद्याथी एवं प्रदर्शनीका आयोजनक सरोज श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।