शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘प्रथम ह्याण्डबल जोसेफ कप’ सुरु


  • शनिबार, फाल्गुन ११ २०७५
33.3K
SHARES

११ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जोसेफ हाई स्कुल र महांकाल, शान्तिनगरमा रहेको इन्टरनेशनल जोसेफ पब्लिक स्कुलको संयुक्त आयोजनामा ‘अन्तरविद्यालय प्रथम ह्याण्डबल जोसेफ कप’ सुरु भएको छ ।
शुक्रबार कपन ह्याण्डबल ग्राउण्डमा उद्घाटन कार्यक्रम गर्दै सुरु गरिएको हो ।
बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर रमादेवी राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा नेपाल ह्याण्डवल संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, कोषाध्यक्ष मिठाराम अधिकारी, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्री भट्टराई, वडा नम्बर १० का वडाअध्यक्ष नवराज भट्टराई, नेसनल प्याब्सन बुढानिलकण्ठ नगरपालिकाका अध्यक्ष नारायण बाबु तिम्सिना लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जोसेफमा अध्ययनरत विद्यार्थीहरुले गीतमा नृत्य प्रस्तुत गर्दै आमन्त्रित सबैलाई स्वागत गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर राईले ‘प्रथम ह्याण्डबल जोसेफ कप’ को सफलताको कामना व्यक्त गर्दै विद्यार्थीहरुको शारीरि तथा मानशिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताएकी थिइन् ।
कार्यक्रमका सभापति एवं जोसेफ हाई स्कुलका प्रिन्सिपल सुर्य बहादुर अधिकारीले उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए । विद्यालय स्तरबाट सुरु भएको ‘प्रथम ह्याण्डबल जोसेफ कप’ ले नेपालमा ह्यान्डबल खेलको विकासमा जोड दिने बताएका थिए ।
प्रतियोगितामा ६ विद्यालयको सहभागित रहेको बताइएको छ । समुह चरण अन्तर्गत लिग चरणमा प्रतियोगिता हुने र सो पश्चात नकआउट चरणका खेलहरु हुनेछ ।
फागुन १२ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विजयी खेलाडी तथा टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा