काठमाडौं–श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ बहिल कमलपोखरीको डिलको बगैँचामा फुलेको फूल दिनहुँ भगवानुको पूजामा प्रयोग गरिने उल्लेख छ ।
पञ्चामृतस्नान गरिने र भगवानलाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो । कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरुले देखाउँछन् । पोखरीको निकै स्याहार खटाइन्थ्यो । १९५३ को अभिलेखमा कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ ।
गुठीका सचिव राजेन्द्रप्रसाद प्रधान विगतमा सोही पोखरीमा फुलेको कमलको फूल टिपेर विक्रमशीत महाविहारमा भगवानलाई चढाउने गरेको बताउँछन् । अहिले पोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गरिएको छ । यो समाचार दीपेश केसीले नागरिक पत्रिकामा लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।