शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महानगरको जनघनत्व थेग्नै नसकिनेः प्रतिवर्ग किलोमिटर ७९ हजारको बसोबास


  • शुक्रबार, फाल्गुन १० २०७५
31.2K
SHARES

A view of Kathmandu Valley from Kirtipur

काठमाडौँ – काठमाडौँ महानगरको जनघनत्व फ्रान्स राजधानी पेरिसभन्दा पाँच गुणा बढी छ ।

पेरिसमा प्रतिवर्ग किलोमिटर ३५ सय ५० जना बसोबास गर्दै आइरहेका छन् । काठमाडौँ महानगरमा भने प्रतिवर्ग किलोमिटरमा सरदर १९ हजारभन्दा बढी मानिस स्थायी बसोबास गरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

महानगरपालिकाको कूल क्षेत्रफल ५०.६७ वर्ग किलोमिटर छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार महानगरभित्र ९ लाख ६८ हजार स्थायी बसोबास गर्दै आएका छन् । यसअनुसार महानगरमा प्रतिवर्गकिलोमिटर १९ हजारभन्दा धेरै मानिस स्थायी बसोबास गरिरहेका छन् ।

तर, कूल जनघनत्व भने अझै बढी छ । काठमाडौँ महानगरपालिका अनुसार महानगरमा अस्थायीसमेत गरी ४० लाखभन्दा धेरैको बसोबास छ ।

यसलाई आधार मान्दा मान्दा महानगरमा प्रतिवर्ग किलोमिटर सरदर ७९ हजार ९७ जना बसोबास गरिरहेका छन् ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी महानगरभित्र अत्याधिक जनसंख्या वृद्धि भएर थेग्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा