काठमाडौँ – सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
काठमाडौँ महानगरपालिका , ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् ।
त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरेको छ ।
टोलीलाई १५ दिन सहरभित्रका सम्पूर्ण पम्पको अध्ययन गरी पठाउन कार्यादेश दिएको छ । टोलीमा सडक विभाग, ट्राफिक प्रहरी र आयल निगमका प्रतिनिधि सहभागी रहेको उनले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।