शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एट्लेटिको मड्रिडसँग युभेन्टस स्तब्ध


  • बिहिबार, फाल्गुन ९ २०७५
31.9K
SHARES

९ फागुन, काठमाडौं ।

स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोल एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसलाई २–० गोलअन्तरले पराजित गरेको हो । एट्लेटिको मड्रिडको जितमा जोसे मारिया गिमिनेज र डिएगो गोडिनले एक-एक गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा भने लय समात्न सकेन । दोस्रो हाफमा दुई गोल खादै एट्लेटिको मड्रिडसँग पराजित भएको हो ।

७८औं मिनेटमा गिमिनेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । त्यस्तै ८३औं मिनेटमा गोडिनले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–० गोलको अग्रतामा पुर्‍याए ।

खेलअवधिभर बल नियन्त्रणमा राखेपनि युभेन्टसले गोल गर्न भने सकेन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा