शनिबार, साउन ९ २०८३
ताजा अपडेट

लुटेर खा भाइ लुटेर खा भन्ने गीत बनाएछन्, जनताले मन पराएनन्ः प्रधानमन्त्री ओली


  • बुधबार, फाल्गुन ८ २०७५
29.2K
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएको बारे पहिलो पटक प्रतिक्रिया दिएका छन्।

सुदूरपश्चिम प्रदेश सभालाई बुधबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे।

‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता। लुट, लुट । गरी खाएर केही काम लाग्दैन। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘ जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’

प्रधानमन्त्री ओलीले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गरे।

‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन्। मलाई अचम्म लाग्छ( हामी कता जान खोज्दैछौं,’ प्रधानमन्त्रीले भने।

उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताए।

‘त्यो गीतमा सरकारले केही भनेको छैन। सरकारले भनाइ सुबाटौंमा हिँड्यौं भन्नेमात्र हो,’ उनले भने।

यसअघि सत्तारूढ दलको भातृ संगठन युवा संघका नेताले गायक शर्माको ‘लुट्न सके लुट‘’ भन्ने गीत युट्युबबाट हटाउन भनेका थिए।

राजनीतिक सुझाव आएकाले आफूले गीत हटाएको शर्माले बताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा