काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७, बासबारी न्युरो अगाडी भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले सरस्वती पुजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

माघ २७ गते आईतबार बसुन्धरामा रहेको चिरायु राष्ट्रिय हस्पिटलसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

बिहानी सत्रमा विद्यार्थीहरुले सरस्वतीको मुर्तिमा पुजा तथा सरस्वती बन्दना वाचन गरि सरस्वती पुजा मनाएका थिए भने अभिभावकहरुले आफ्ना नानी–बाबुहरुलाई औपचारिक अक्षर आरम्भ गराई विद्यालयमा नयाँ भर्ना गराएका थिए । सो पश्चात निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो ।

स्थानियबासी, अभिभावक, विद्यार्थीहरुलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर गरिएको प्रिन्सिपल प्रदिप खनालले बताए ।
निःशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढिले निःशुल्क स्वास्थ्य जाच गराए थिए ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।