५ फागुन, काठमाडौँ ।
राजधानीको शिल्पी थिएटरमा ३ दिनसम्म चलेको प्रज्ञा लालाबाला दोश्रो एकल बाल नाटक महोत्सव शुक्रबार समापन भएको छ ।
प्रज्ञा कुञ्ज स्कुल र स्कुल थिएटर नेपालले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा देशभरिका ४० वटा विद्यालयबाट ४९ जना प्रतियोगिहरु सहभागि भएका थिए ।

महोत्सवमा उत्कृष्ट पाँच कलाकार छनौट गरिएको थियो । जसमा पायोनियर पब्लिक स्कुलकी दिपिका ढुँगाना, क्रियटिभ स्कुलकी विदिसा महर्जन, एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराई, जुगल इङिलस मिडियम स्कुलकी समेरा विष्ट, लिटिल एन्जल्स स्कुलकी आयुष्मा पौडेल उत्कृष्ट घोषणा भए ।
उष्कृट पाँचलाई श्रीलंकामा एक दिने महोत्सव आयोजना गरेर मञ्चन गरिने योजना रहेको महोत्सव निर्देशक टंक चौलागाँईले जानकारी दिए ।
पुरस्कृत बालकलाकारहरुलाई नगद चार हजार, मायाँको चिनो र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सहभागी सम्पूर्ण बालकलाकारलाई मायाको चिनो, प्रमाण पत्र र सहभागी विद्यालयहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।