४ फागुन, डोटी ।
आफ्नै श्रीमानले बलात्कारको प्रयास गरेको आरोपमा एक महिलाले जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्धा दिएकी छिन् ।
शिखर नगरपालिका ६ की महिलाले श्रीमानको विरुद्धमा जबरजस्तीकरणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । लगतै आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
उनीहरुको करीव १० बर्षअघि बिहे भएको थियो । उनीहरुका दुई छोराछोरी छन् । श्रीमतीले दिएको निवेदन अनुसार कसुर प्रमाणित भए निज श्रीमानलाई दुई वर्ष ६ महिना जेल सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।