शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अहिलेको सरकारबाट समृद्धि असम्भवः डा. भट्टराई


  • शनिबार, फाल्गुन ४ २०७५
23.9K
SHARES

फाईल तस्बिर

पर्वत, ४ फागुन /

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताउनुभएको छ ।

नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत आज पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका डा भट्टराईले लामो समयपछि मुलुकले दुई तिहाइको बहमुत प्राप्त सरकार पाएको भए पनि काम गर्ने सोच र मानसिकता नभएको दाबी गर्नुभयो । उहाँले अहिलेको मोडेलको विकासले मुलुक र नागरिकले चाहेजस्तो समृद्धि दिन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले बढ्दो भ्रष्टाचार र कमिसनखोरले मुलुक खस्किदै गएको बताउँदै देशको भ्रष्टाचार रोक्न अख्तियारभन्दा पनि लोकपालको व्यवस्था हुनुपर्ने विचार राख्नुभयो । उहाँले सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसद्प्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदमा पनि छानबिन गर्ने अधिकारसहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा