२ फागुन, काठमाडौँ ।
चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले आफ्नो २०औँ स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
माघ २६ गते शनिबार रिभेराको दोश्रो ब्लगमा लायन्स क्लब अफ काठमाडौँ खास्थीसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको हो ।
बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म चलेको उक्त स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी एवं स्थानियबासीहरुले निःशुल्क आखा जाच, निःशुल्क स्वास्थ्य परिक्षण एवं रक्तदान गरेका थिए ।
३०० जनाभन्दा बढिले निःशुल्क आखा जाच तथा निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए भने १५० जनाले रक्तदान गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले रिभेरा इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल प्रज्वल कोइराला र लायन्स क्लब अफ काठमाडौँ खास्थीका प्रेसिडेन्ट राजेश श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।