शनिबार, साउन ९ २०८३
ताजा अपडेट

के भी एसलाई ‘दशौँ राष्ट्रिय बाल नाटक महोत्सव’को उपाधि (भिडियो)


  • सोमबार, माघ २८ २०७५
37.6K
SHARES

२८ माघ, काठमाडौँ ।
काठमडौँ महानगरपालिका वडा नम्वर ९, सिनामंगल, ग्रैह्रीगाउँमा रहेको काठमाडौँ विनायक शिक्षालय ( के भी एस ) ले ‘दशौँ राष्ट्रिय बाल नाटक महोत्सव’ को उपाधि पाएको छ ।


रसियन कल्चर सेन्टरमा माघ ८ गतेदेखि १७ सम्म चलेको राष्ट्रिय बाल नाटक महोत्सवमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै के भी एसले ‘दशौँ राष्ट्रिय बाल नाटक महोत्सव’को उपाधि पाएको हो ।


उपाधि पाएसंगै के भी एसले नगद सात हजार सहित ट्रफी र प्रमाण–पत्र पाएको छ ।
उक्त खुशीयालीमा माघ १८ गते के भी एसको प्रांगणमा विजयी विद्यार्थीहरुको हौसलाका लागि विशेष सम्मान कार्यक्रम गरिएको थियो । सम्मान कार्यक्रम अन्तर्गत उपाधि पाएका विद्यार्थीहरुलाई विद्यालयले विशेष छात्रबृत्ति समेत प्रदान गरेको छ ।


केटिएम खबरसंग कुराकानी गर्दै नाटकका प्रशिक्षक सागर कान्छो भन्छन्, अभिभवाहरुले आफ्ना छोरा–छोरीको मर्म नबुझ्दा आउने नकारात्मक परिणामलाई केन्द्रित गर्दै नाटकको कथालाई समेटेका थियौ । कथामा विद्यार्थीहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए । जसको परिणाम हामीले उपाधि पायौँ ।


प्रिन्सिपल सम्झना लामा भन्छन्, विद्याथीहरुले छोटो समयको मेहनतबाट नै राष्ट्रिय उपाधि पाएका छन् । जसबाट सबै विद्यार्थीहरुमा थप उत्साह थपिएको छ । विजयी विद्यार्थी तथा नाटक निर्देशकलाई बधाई ज्ञापन गर्दछु ।
के भी एसले उपाधि पाएसंगै विजयी विद्यार्थी तथा नाटक निर्देशक सागर कान्छोसंग केटिएम खबरका लागि श्याम कार्कीले स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा