२७ माघ, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

माघ २१ देखी साताव्यापी रुपमा सञ्चालन भएको खेल सप्ताहबाट विजयी खेलाडी विद्यार्थीहरुलाई पुरस्कृत गर्दै पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङ, मैजुबहाल टोल सुधार समितिका अध्यक्ष नारायण प्रसाद पौडेल लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खेल सप्ताहबाट विजयी खेलाडि विद्यार्थीहरुलाई ट्रफी, मेडल तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।

प्राक्सिसमा अध्ययनरत विद्याथीहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप मरोरञ्जन प्रदान गरेका थिए ।

सरस्वती पुजाको अवसरमा विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्न पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम गरिएको कार्यक्रमका सभापति एवं प्राक्सिस इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल गेन्द्र लामाले बताउनु भयो ।
