२५ माघ, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कुलले ‘खेलकुद सप्ताह’ सुरु गरेको छ ।

मंगलबार उद्घाटन कार्यक्रम गर्दै ‘खेलकुद सप्ताह’ सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विनोद कुमार श्रेष्ठ, विद्यालय सञ्चालक समितिका अध्यक्ष हेम चन्द्र महत्तो, विद्यालयका प्रिन्सिपल राजेन्द्र थपलिया, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

साताब्यापी रुपमा गरिने उक्त खेलकुद सप्ताहको उद्घाटन कार्यक्रममा लाइसियममा अध्ययनरत विद्यार्थीहरुले मार्च पास सहित विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै स्वागत गरेका थिए ।

खेलकुद सप्ताहमा विभन्न ४० खेलहरु समावेश गरिएको बताइएको छ ।
यस्तै विजयी विद्यार्थी तथा टिमलाई विशेष समारोहका विच ट्रफी, मेडलद्धारा पुरस्कृत गरिनेछ ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल राजेन्द्र थपलियाले विद्यार्थीहरुलाई जितको शुभकामना व्यक्त गर्दै खेलकुद सप्ताह अवधिभर अुनशासित भएर खेलमा सहभागि हुन आग्रह गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले लाइसियम मोडल स्कुलका फाउण्डर, प्रिन्सिपल राजेन्द्र थपलियासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः