शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्राक्सिसको ‘खेलकुद सप्ताह’ सुरु (भिडियो)


  • बिहिबार, माघ २४ २०७५
29.4K
SHARES

२४ माघ २०७५, काठमाडौं ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चुच्चेपाट्टीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले खेलकुद सप्ताह सुरु गरेको छ ।

माघ २१ गते बाट सुरु भएको खेलकुद सप्ताह माघ २६ गते सम्म चल्ने छ । सप्ताहब्यापी खेलकुदमा क्रिकेट बास्केटबल ब्याडमिन्टन फुटबल लगायत आउटडोर, इन्डोर खेलहरु हुनेछन् ।


विद्यालयका प्रधानाध्यापक गेन्द्र लामाले बिद्यार्थीहरुको शारिरीक, मानसिक, सम्बेगात्मक बिकासका लागि खेलकुद आयोजना गरिएको बताउनुभयो । उहाँले मानसिक बिकासका लागि खेलकुद अपरिहार्य रहेको कुरामा जोड दिदै विद्यार्थीहरुमा खेलकुदको माध्यमबाट सकारात्मक चिजको सुरुवात हुने उल्लेख गर्नुभयो ।


कार्यक्रममा प्रमुख अतिथी काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धुर्वराज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो ।


कार्यक्रमको पुरस्कार बितरण २७ गते सरस्वती पुजाका दिन गरिने जानकारी दिइएको छ ।

सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले प्राक्सिस इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल गेन्द्र लामासंग स्थलगत सम्वादमा गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्राक्सिस इन्टरनेशनल एकेडेमीको ‘खेलकुद सप्ताह’को उद्घाटन कार्यक्रम हेर्नुहोस थप तस्विरमाः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा