शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मेस्सीको गोलमा पीएसजीको शानदार जित


  • सोमबार, माघ २४ २०७८
9K
SHARES

फाइल तस्विर

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलमाथि फराकिलो र शानदार जित हासिल गरेको छ ।

पिएरे मोरोय स्टेडियममा आइतबार राति सम्पन्न लिग वानको २३औं चरणको खेलमा पीएसजीले लिललाई ५–१ गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा लियोनल मेस्सिले लिग वानमा आफल्नो ब्यक्रिगत दोश्रो गोल गरे । यसबाहेक डानिलो पेरेराले दुई तथा प्रेस्नेल किम्पेम्बे र किलियन एम्बाप्पेले एक एक गोल गरे ।

लिलका लागि स्भेन बोटम्यानले एक गोल फर्काएका थिए ।

यो जितसँगै पीएसजीले लिग वानमा लगातार १४औं जितको निरन्तरतालाई कायम समेत राखेको छ ।

पहिलो हाफको खेलमा घरेलु टोलि लिलले आफ्नो हारको बाटाृे आफै कोरेको थियो । पहिलो हाफमा लिलले पीएसजीका लागि तीनवटा गोलको सहज मौका दिएको थियो ।

यसपछि दोश्रो हाफमा लिले आफ्नो रक्षात्मक पंक्तिलाई कडा राखेको भएपनि पीएसजीले र्दु गोल थप्दै खेलमा ५–१ गोल अन्तरको सहज जित दर्ता गर्याे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा