शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

काँग्रेस महामन्त्री हारेका डा.महतलाई देउवाको उपहार : प्रवक्ताको जिम्मेवारी दिइयो


  • सोमबार, माघ २४ २०७८
8.8K
SHARES

नेपाली कांग्रेसमा प्रवक्ताको जिम्मेवारी डा.प्रकाशशरण महतले पाएका छन् । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार डा.महतलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन्।

यसअघि पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा १४औं महाधिवेशनबाट महामन्त्री बनेकापछि प्रवक्ताको जिम्मेवारी महतलाई दिइएको हो ।

१४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । यसअघि सहमहामन्त्री रहेका महत देउवा टिमबाट महाधिवेशनमा होमिएका थिए।

देउवा समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका महतलाई देउवाले प्रवक्तामा नियुक्त गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा