बुढानिलकण्ठ नगरपपालिका वडा नम्वर ११ मा रहेको सामाजिक संस्था बालअपागं टेवा संस्था र सिन्धुपाल्चोक बडेरका गरिब तथा आसह्रय परिवारलाई नेपाल लोकतान्त्रीक खेलकुद संघ वागमती प्रदेश समितिले सहयोग गरेको छ । समितिले सम्बन्धित स्थानमा पुगि खाद्यन्न लगायतको समाग्री हस्तान्तरण गरेको हो ।
अष्टे«लिया सिड्नीमा बसोबास गर्ने नेपाली युवाहरुको समुह रक्डेल व्वाईज ग्रुपले उक्त सहयोग पठाएको थियो । लोकतान्त्रीक खेलकुद संघ वागमती प्रदेशका सदस्य राजु वोगटीले उक्त सहयोगको संयोजन गरेका थिए ।
कोभिड संक्रमणका विरुद्ध खेलाडी,प्रशिक्षक तथा खेलकर्मीहरुको सहयोगका लागि सुरुवात भएको अभियान अहिले बालबालिकाको लागि खाद्यन्न सहयोग सम्म पुगेको अध्यक्ष दिपक गुरुङ्गले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।