नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिएका छन् । शुक्रबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी दिएका छन् ।
कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा बसेका नेताहरुको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभापति देउवाले शुक्रबार नै उनीहरुको माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।
सानेपामा धनुषाका तीन नेता पाँच दिनदेखि आमरण अनशनमा छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन अधिकारीसहित तीन नेता आमरण अनशनमा छन् । उनीहरुको स्वास्थ्य बिगँ्रदै गएको छ । त्यस्तै बारा र सर्लाहीका नेता कार्यकर्ता पनि धर्नामा छन् । बिहीबारदेखि बाराका संस्थापन पक्षका करिब दुई सय नेता कार्यकर्ता पनि धर्नामा बसेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।