शनिबार, साउन ३० २०८३
ताजा अपडेट

महाधिवेशन अन्योलमा, प्रकाशमान निवास चाक्सीवारिमा पौडेल पक्षको बैठक


  • बिहिबार, साउन २१ २०७८
8.3K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरू छलफलमा जुटेका छन्।

बिहीबार बिहान ११ बजेदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा छलफल भएको छ।

छलफल कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित छ। भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन। क्रियाशील विवाद देखाएर महाधिवेशन सार्न सक्ने भन्दै विरोध भइरहेका छन्।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको हो।

कांग्रेसमा बारा, सप्तरीलगायत विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद छ।

समायोजनका नाममा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी हिसावले क्रियाशील सदस्यता दिएकोमा पौडेल पक्षले विरोध गरिरहेको छ।

कांग्रेसमा करिब एक सय वडामा क्रियाशील सदस्यताको विवाद छ। क्रियाशीलमा विवाद भएकोले वडा अधिवेशनदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ। नयाँ कार्यतालिका जारी भइसकेको छैन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा