पेट्रोलको मूल्य प्रतिलिटर १५० र डिजेलको मूल्य १३३ रुपैयाँ पुर्याएको निगमले अझै घाटामा रहेको बताएको छ । निगमका अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढाएपछि पनि मासिक साढे २ अर्ब घाट हुने भएको हो ।
निगमले आज राती १२ बजेदेखि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यससँगै निगमलाई प्रतिलिटर पेट्रोलमा १६.२८ रुपैयाँ घाटा हुने निगमको भनाई छ । यस्तै डिजेलमा प्रतिलिटर ११.७८ रुपैयाँ घाट रहेको छ ।
यसबाहेक मट्टीतेल र हवाई इन्धन (आन्तरिक र बाह्य)तर्फको बिक्रीमा भने निगम नाफामा रहेको छ ।
रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला सुरु गरेसँगै विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दै आएको छ । आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७ अमेरिकी डलर पुगेको छ । यससँगै नेपालमा आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य थप बढने देखिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।