शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आज प्रचण्ड एमसीसीकै पक्षमा, हिजोसम्म उग्र विरोध गर्नुको रहस्य के थियो ?


  • आइतबार, फाल्गुन १५ २०७८
11K
SHARES

फाइल तस्विर

सत्तारूढ नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरे सँगै अध्यक्ष प्रचण्ड एमसीसी पास गराउने लाइनमा देखिएका छन् । केही समय अगाडी सम्म एमसीसी जस्ताको तस्तै सदनबाट पास गराउन नसक्ने बताएका थिए ।

जस्ताको तस्तै एमसीसी सदनमा पेस भए पार्टीले विपक्षमा मत हाल्ने बताउने प्रचण्ड अहिले ब्यख्यात्मक टिप्पणी सहित एमसीसीलाई अनुमोदन गर्ने तर्फ अगाडि बढेका छन् ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले एमसिसी पास गर्न निर्णय गरेको छ । सदनबाट आजै एमसीसी पास हुन सक्ने अनुमान समेत गरिएको छ।

माओवादी केन्द्रको व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णयसँगै संसद्मा टेबल भएको एमसिसी पारित हुने दिशामा गएको छ । हिजो सम्म एमसीसी पास हुनै सक्दैन भन्ने माओवादी पार्टी र नेतृत्व प्रचण्ड रातारात एमसीसीलाई पास गराउने लाइनमा देखिनुले सत्ता गठबन्धन नटुट्ने देखिएको छ।

एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेका समाचार आई रहेका बेला एमसीसीको पक्षमा प्रचण्ड खुलेपछि गठबन्धन पनि बच्ने र एमसीसी पनि पास हुने अवस्था देखिएको हो ।

हिजो सम्म एमसीसीको विपक्षमा बिचार राख्दै आएका प्रचण्डले व्याख्यात्मक घोषणा मार्फत एमसीसी पास गराउनुका पछाडि सत्ताबाट बाहिर निस्कन नचाहनु र गठबन्धनलाई जोगाएरै चुनावमा भाग लिएर पार्टीको अस्तित्व कायम राख्नु नै प्रचण्डको रणनीति रहेको जानकारहरू बताउँछन् ।

एमसीसीकै कारण सत्ताबाहिर बसे जनतामा प्रचण्ड अनपपुलर बन्दै गएको र आगामी चुनावमा झनै कमजोर बन्ने भएका कारण पनि प्रचण्ड सत्तामा टिक्न चाहन्छन् ।

एमसिसीका कारण सत्तारूढ गठबन्धन नै भत्किने अवस्था बनेपछि दलहरूले  व्याख्यात्मक घोषणा मार्फत् एमसिसीमा उठेका चासो सम्बोधन गर्ने बाटो खोजेका हुन्।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबिच शनिवार पनि एमसिसीबारे छलफल भएको थियो। यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन्।

माओवादी र समाजवादीले एमसीसीको पक्षमा सदनमा खुलेको खण्डमा सत्ता गठबन्धन पनि जोगिने र एमसीसी पनि पास हुने अवस्था छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा