शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बिपी कोइराला आफ्नो चेलाहरूको हर्कत देखेर सायद यति बेला स्वर्गमा रुँदै हुनुहुन्छ : सांसद किराँती


  • शुक्रबार, फाल्गुन १३ २०७८
7.5K
SHARES

तस्विरः फाइल

एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा सांसद सुदन किराँतीले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना बिचारहरू राख्दै काँग्रेस नेता कार्यकर्ताहरूलाई व्यङ्ग्य गरेका छन् ।

नेपाली काँग्रेसका आदर्श पुरुष स्व.पूर्व प्रधानमन्त्री बिपी कोइराला लाई स्मरण गर्दै नेता किराँतीले लेखेका ‘छन् देशको बारेमा निर्णय लिनु पर्दा मातृभूमिको एक मुठी माटो एउटा हातले समाउनु अर्को हात छातीमा राख्नु बिपीले भन्नु भएको थियो तर अहिले आफ्नो चेलाहरूको हर्कत देखेर सायद यति बेला स्वर्गमा रुँदै हुनुहुन्छ होला ।’

पछिल्लो समय नेकपा माओवादी एमसीसीलाई अहिलेकै अवस्थामा पास गर्न हुँदैन भन्दै विपक्षमा उभिएको छ । एमसीसीको विपक्षमा उभिए सँगै सत्ता गठबन्धन टुट्ने अवस्था सृजना समेत भएको छ ।

काँग्रेस पार्टीको नेतृत्वमा रहेको सरकार एमसीसी पास गराई छाड्ने रणनीतिमा रहेको छ । यही सन्दर्भमा काँग्रेस नेता कार्यकर्तालाई लक्षित गरी नेता किराँतीको धारणा आएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा