शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

स्थानीय तह निर्वाचन मितिविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ, वैशाख ३० मै चुनाव हुने


  • बुधबार, माघ २६ २०७८
12.3K
SHARES

तस्विरः फाइल

सर्वोच्च अदालतले वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचन मितिविरुद्धको रिट निवेदन दरपीठ गरेको छ ।

महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले पाँच वर्ष कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेकोमा रिटमा सर्वोच्च प्रशासनले अध्ययन गरेर दर्ता गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

दरपीठमा भनिएको छ, ‘नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा भएको प्रावधानबमोजिम नेपालका सबै स्थानीय तहको निर्वाचन मिति २०७९ वैशाख ३० गते गर्ने गरी निर्णय भएको, स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४४) मा उपदफा (२) बमोजिम अलग अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिनेछ भन्ने प्रावधान रहेको र उल्लिखित प्रावधान यथावत रहिरहेको अवस्थामा निर्वाचन गर्नेगरी भएको निर्णयले निवेदकको नगरप्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रबल सम्भावना रहेको भनी बिना आधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन ।’

मेयर साहले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४४) र दफा ५५ को आडमा आफ्नो पदावधि संविधानको धारा २१६(१) बमोजिमको पाँच वर्षको कार्यकाललाई घटाउने प्रवल सम्भावना रहेको भन्दै आफू निर्वाचित भएको मिति २०७४असोज ७ देखि २०७९ असोज ६ सम्मको पाँच वर्षे कार्यकाल निर्वाधरुपमा उपभोग गर्न पाउन भनी परमादेश माग गरेका थिए ।

सर्वोच्चले रिट निवेदन अस्वीकार गरेसँगै वैशाख ३० मै एकैचरणमा स्थानीय चुनाव हुने निश्चित भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा