यहि फ्रेबुअरी ३ मा मिटा प्लेटफर्मका प्रमुख कार्यकारिणी अधिकारी मार्क जुकरबर्गले आफ्नो २९ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति गुमाए । अन्तर्राष्ट्रिय सेयर बजारमा उनको कम्पनीको सेयर मूल्य २६ प्रतिशतले ओरालो लागेपछि जुकरबर्ग दुई भारतीय अर्बपतिभन्दा पछाडि परेका छन् । पहिलोपटक उनको अमेरिकास्थित कम्पनी फेसबुकको प्रयोगकर्ताको संख्या ह्वात्तै घट्न पुगेको थियो ।
आर्थिक गतिविधिसम्बन्धी पत्रिका फोर्ब्सका अनुसार जुकरबर्ग विश्वका सबैभन्दा धनीको सूचीको १२औँ स्थानमा रहन पुगेका छन् । अहिले उनको कुल सम्पत्ति ८४ अर्ब ८० करोड डलर छ । त्यो भारतका मुकेश अम्बानीको ८९ अर्ब ५० करोड डलर र अडानी एन्ड फेमिलीको ९० अर्ब ५० करोड डलरभन्दा कम हो ।
एमेजनले थुप्रै कमाएको खबर बाहिरिएपछि जेफ बिजोसको सम्पत्तिमा पनि २० अर्ब डलर थपिने अनुमान गरिएको छ । विद्युतीय सवारी कम्पनी राइभियनमा गरिएको लगानीबाट एमेजनले धेरै नाफा बटुलेको बताइन्छ ।
कोभिड–१९ महामारीको क्रममा एमेजनको कारोबारमा अत्यधिक वृद्धि भएकाले गत वर्ष बिजोसको सम्पत्ति ५७ प्रतिशतले बढेर १७७ अर्ब डलर पुगेको थियो ।
भारतका मात्र ४० जना विश्वको अर्बपतिको सूचीमा थपिएका छन् । अहिले २३२ अर्ब डलर सम्पत्तिसहित एलोन मस्क सर्वाधिक धनीको सूचीको अग्रस्थानमा रहेका छन् । त्यसैगरी, १९४ डलरसहित बर्नार्ड अर्नल्ट एन्ड फेमिली र १६५ अर्ब डलरसहित जेफ बिजोस क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । एजेन्सी ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।