शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

चीनबाट फर्किएपछि प्रचण्डलाई भेट्न वर्षमान खुमलटारमा


  • मंगलबार, माघ ११ २०७८
11.3K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका  छन् । चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।  नेता पुनको साथमा पूर्वसभामुख समेत रहेका पुनकी पत्नी ओनसरी घर्ती पनि प्रचण्डको निवासमा पुगेकी थिइन् ।

चीनबाट फर्किएपछि नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी महासचिवमा दाबी रहेको बताएका थिए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनको भनाइ थियो ।

पुस ११ देखि १९ सम्म चलेको माओवादी केन्द्रको अधिवेशनले अध्यक्ष मात्र चयन गरेको थियो । बाँकी पदाधिकारी चयनका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । माओवादी केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गरेका छन् । माओवादीमा अन्य पदाधिकारीभन्दा महासचिवमै बढी रस्साकस्सी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा