शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डले ताली लगाउनुस् भन्यो ताली लगाए’ भनेर हाम्रो महाधिवेशनको अपमान गर्न खोजियोः प्रचण्ड


  • मंगलबार, पुष २० २०७८
10.7K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिडियाबाट पार्टीको राष्ट्रिय महाधिवेशनलाई अपमान गर्न खोजिएको बताएका छन्।

माओवादी केन्द्रको नवगठित केन्द्रीय समितिको सोमबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘मिडियामा झल्याकझुलुक देखेँ, ‘प्रचण्डले ताली लगाउनुस् भन्यो, ताली लगाए’ भनेर अपमान गर्न खोजियो।’

उनले अगाडि भने, ‘हाम्रो राष्ट्रिय महाधिवेशन र त्यसमा आएका झन्डै १८०० हाराहारी नेताहरूको यसरी अपमान गर्न खोजेकोमा दु:ख र नमीठो लागेको छ।’

माओवादीको महाधिवेशनमा हालै सम्पन्न अन्य दलको महाधिवेशनको तुलनामा विचारमा आधारित भएको पनि उनले बताए।

हाम्रो महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधानमाथि समूहगत छलफल भयो र त्यसै आधारमा प्रतिवेदन र विधान पारित गरियो,’ उनले भने, ‘यसले हाम्रो महाधिवेशन विशिष्ट छ भनेर देखाएको छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा