नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्व मन्त्री, प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग निहुँ नखोज्न चेतावनी दिँदै प्रचण्डलाई भक्तपुरबाट हैन मनोहरा फाटबाटै लखेट्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आज सल्लाघारीमा आयोजना गरेको शुभकामना, चियापान तथा साँस्कृतिक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन ।
बस्नेतको विरुद्धमा अध्यक्ष प्रचण्डले संशोधनवादी तथा डनवादी भन्दैलाई देशैभरबाट लखेट्नुपर्ने र त्यसको शुरुवात भक्तपुरबाट गर्नेपर्ने भन्दै अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई काउण्टर जवाफ दिँदै नेता बस्नेतले चेतावनी दिएका हुन ।
युवा संघका कार्यकर्तालाई इशारा मात्रै गरे पनि गाउँगाउँबाट उनीहरुलाई लखेट्ने सकिन्छ तर एमाले लोकतन्त्रमा विश्वास गर्ने भएर त्यस्तो इशारा नदिएको नेता बस्नेतले बताए, “प्रचण्डको ज्यादती बिरुद्ध लड्ने व्यक्ति महेश बस्नेत हो, कस्ता कस्ता कहाँ गए, मुसाको छोरा दरबार ।
प्रचण्डलाई हाम्रो सङ्गठनले इसारा मात्रै गर्यो भने गाउ गाउबाट प्रचण्डका मान्छे लखेटीन्छन । धेरै फुर्ती नगर्दा हुन्छ भन्दै प्रचण्डलाई काउन्टर जवाफ दिएका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।