शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

नेपाल र चीनको सीमा विवाद छैन : चिनियाँ राजदूत यान्छी


  • बुधबार, असोज २० २०७८
6.4K
SHARES

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  नेपाल र चीनबीचमा सीमा विवाद नरहेको बताएकी छन् ।

राजदूत यान्छीले मंगलबार ट्विटरमा दुई देशबीचमा ६० वर्ष पहिला नै सीमाको निरुपण भएको र त्यसबेलादेखि अहिलेसम्म कुनै विवाद नभएको उल्लेख गरेकी छन् । राजदूत यान्छीले भनेकी छन्,‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसबेलादेखि हाम्रो सीमा पूर्ण रुपमा विवादमुक्त छ र यो दुईपक्षीय सम्बन्धको सेतु र पारस्परिक सहकार्यको पुल बनेको छ ।’

हुम्लामा सीमा विवादका सम्बन्धमा चीनसँग कूटनीतिक कुराकानी गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । सीमा मिचिएको सम्बन्धमा अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले मिचिएको वा नमिचिएको बारेमा के प्रतिवेदन दियो भन्ने यकिन छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा