शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माधवकुमार नेपालको स्वास्थ्यमा समस्या, तीन दिनदेखि अस्वस्थ !


  • बुधबार, असोज १३ २०७८
9.5K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । ‘अवस्था सामान्य हो । घरमै आराम गरिरहनुभएको छ । सोमबारको तुलनामा स्वास्थ्यमा सुधार भइरहेको छ’, अध्यक्ष नेपालको सचिवालयले भनेको छ ।

नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले व्यवस्थापन गरिरहेको नेपालको सचिवालयले जनाएको छ ।

यता नेकपा एमालेबाट अलग भएको नेपाल पक्षद्वारा नवगठित नेकपा (एकीकृत समाजवादी) ले पनि गठबन्धन सहमतिअनुसार एक राज्यमन्त्रीसमेत ६ जना मन्त्री सरकारमा पठाउने तयारी गरेको छ।

उसले भने नेता मन्त्री बनाउनेको नाम लगभग टुंगो लगाइसकेको छ। उनीहरू हुन्– विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ। बाँकी एक मन्त्रीमा भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जनाको नाम पठाउने कुरा छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा