नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताएका छन्। बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सो पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिए ।
प्रचण्डले यस्तो निर्देशन दिए सँगै अन्तिममा आएर माधव नेपाल प्रचण्डको पार्टीमै मिल्ने आकलन सुरु भएको छ । माधव झालनाथको पार्टी बनाउनुमा हाम्रो मेहनत परेको अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ
‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ उनले भने, ‘तपाईंहरु पनि ‘।ती साथीहरुसँग सहज ढंगले सहकार्य बढाउनुहोला ।
प्रचण्डले विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने दावी गरे ।
‘बडो दया लाग्छ ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन’ उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।